माथिल्लो त्रिशूली ‘थ्री ए’ को आज परीक्षण प्रशारण, ३० मेगावाट विद्युत उत्पादन हुँदै


२२ बैशाख २०७६, आईतवार
A 3 upper trisuli

काठमाडौं, २२ बैसाख । माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको प्रशारण लाइनको परीक्षण प्रशारण आइतबारदेखि हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रशारण लाइनमा परीक्षण प्रशारण गरिने जानकारी दिएको छ ।

कूल २२० केभी क्षमताको त्यस प्रशारण लाइनको परीक्षण हुने भएकाले प्रशारण लाइनको टावर वरपरको दायाँ–बायाँ १५-१५ मिटर क्षेत्रभित्रको स्थानमा जान वा प्रवेश नगर्न समेत प्राधिकरणले ध्यानाकर्षण गराएको छ । तोकिएको स्थानमा प्रवेश नगर्न नगराउन तथा कुनै विद्युतीय दुर्घटनाको जोखिममा नपर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग, नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो । ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी, पहिरो तथा अन्य प्राकृतिक विपद्मा परेको यस आयोजनालाई पछिल्लो समय प्राधिकरणले विशेष चासो दिएर निर्माण सम्पन्न गरेको हो ।

प्राधिकरणका अनुसार पहिलो चरणमा आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गरिने छ । यस्तै दोस्रो युनिट भने आगामी असारदेखि सञ्चालनमा ल्याउने तयारीमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७