काठमाडौं ५ मा कांग्रेसद्वारा मतगणना बहिस्कार


प्रकाशित मिति : December 9, 2017

काठमाडौं: काठमाडौं क्षेत्र नमबर ५ मा नेपाली काँग्रेसले मतगणना बहिसस्कार गरेको छ । काँग्रेसले दुई केन्द्रको मत गणना गर्न माग गरेको छ । नारायणस्थन सत्तल ‘क’ र विष्णुपादुकका मन्दिर ‘क’ मा मत बढी भेटिएको भन्दै पुन मतगणना गर्न माग गर्दै बहिस्कार गरेको हो ।

काँग्रेसले गुठीघर सत्तल क, युनिर्भसल ख, सरस्वती मावि टोखाको ख मतदान केन्द्रमा निर्वाचना अधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र भेटिएको पनि बताएको छ । काठमाडौं ५ मा वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका प्रकाशशरण महत र साझा विवकशील पार्टीका उज्वल थापा प्रतिस्पर्धामा छन् ।
तर, अरु क्षेत्रको परीणाम आइसक्दा पनि यहा भने पटकपटक विवाद भएको छ । पछिल्लो पटक कांग्रेसले बहिस्कार गरेको छ । उसले केही स्थानको मतगणना गर्न माग गरेको छ र निवेदन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्