सरकारको वेबसाइटमा पनि ‘ट्राफिकिङ्ग’


२२ बैशाख २०७६, आईतवार
Nepal Government

काठमाडौं, २२ बैसाख । नेपाल सरकारका वेब साइटहरुमा समस्या आएको छ । नेपाल सरकार मातहत सञ्चालित डट जिओभी डट एनपी डोमिनका वेबसाइटहरुमा आइतबार बिहानैदेखि करिब १२ः१५ सम्म समस्या आएको हो ।

सरकारी वेबसाइटहरुको डाटा सर्भर राख्ने गभरमेण्ट इण्टिग्रेटेड डाटा सेन्टर अर्थात् जिआइडीसीको मुख्य सर्भरमा समस्या आएपछि सरकारी वेबसाइटहरु नखुलेका हुन् ।

सरकारी तथ्याङ्क सुरक्षण गर्ने निकाय जिआइडीसीका सहायक निर्देशक रमेश पोखरेलका अनुसार अहिले प्रयोगकर्ताको संख्या (ट्राफिक) बढी भएको कारणले समस्या आएको हो ।

यद्यपि, जिआइडीसीको सर्भरमा लिंक गराएका सबै वेबसाइट नचलेको कारण सर्भरमै समस्या आएको बुझिएको छ । डट जिओभी डट एनपीमै डोमिन भएपनि जिआईडीसीबाहिर सर्भर रहेका सरकारी साइट भने चलिरहेका छन् ।

जिआइडीसीका सहायक निर्देशक रमेश पोखरेलका अनुसार अहिले आइपीमा समस्या आएपनि डिएनएसबाट सरकारी वेबसाइटहरु सञ्चालन भइरहेका छन् । सर्भरमा भाइरसका कारण पनि यस्तो समस्या आएको हुनसक्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७