बलिउड अभिनेत्री मुमताजको मृत्युको खबर सामाजिक सञ्जालमा भाइरल भएपछि


२२ बैशाख २०७६, आईतवार
Mumtaa

काठमाडौं, २२ बैसाख । बलिउडकी दिग्गज अभिनेत्री मुमताजको मृत्युको खबर फेरि एक पटक विश्वभर फैलिएको छ । खबरहरुका अनुसार मुम्बइको एउटा अस्पतालमा उनको निधन भएको बताइएको छ ।

शुरुमा यस खबरलाई कसैले पनि विश्वास गरेका थिएनन् । तर व्यापार विश्लेषक कोमल नहाटाले यस खबरको पुष्टि गर्दै आफ्नो ट्वीटर ह्याण्डलबाट एउटा भावुक ट्वीट गरेका थिए । त्यसपछि भने सामाजिक सञ्जालमा मानिसहरुले प्रतिक्रिया दिन शुरु गरेका थिए । खबर भाइरल भएसँगै मुमताजका परिवारले त्यस खबरको खण्डन गरेका छन् । साथै यसरी गलत तरिकाको अफवाह फैलाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।


त्यसपछि कोमल नहाटाले उक्त ट्वीट डिलिट गरे र दोस्रो ट्वीट गर्दै माफी मागेका छन् । बलिउड फिल्म निर्देशक मिलाप झावेरीले ट्वीटमार्फत त्यो खबर गलत रहेको बताउँदै भनेका छन् ‘मुमताज जीवित हुनुहुन्छ र उहाँ एकदम ठिक हुनुहुन्छ । उहासँग मेरो कुरा पनि भइसक्यो । उहाँ चाहनु हुन्छ की उहाँको बारेमा यस किसिमको अफवाह नफैलाइयोस् । ’

मुमताजका भतिजाले मिडियासँग कुरा गर्दै भने, ‘उहाँ उकदमै स्वस्थ हुनुहुन्छ । मलाइ थाहा छैन यस किसिमको अफवाह किन फैलाइँदैछ ?’ यसै गरी मुमताजकी छोरी तान्या माधवानीले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै मुमताजका बारेमा आएका खबरको खण्डन गरेकी छिन् । साथै अभिनेत्री स्वस्थ रहेको जानकारी पनि दिएकी छिन् ।

mumtaz saree l Lgw1diZSSy 1

त्यसको केही समयपछि मुमताज स्वयं अगाडि आएर एउटा न्यूज च्यानललाई अन्तरवार्ता दिएकी छिन् । उनले भनेकी छिन्, ‘मलाई थाहा छैन यो खबर कसले र किन फैलायो ? मेरो बारेमा यस्तो पहिलो पटक भएको होइन । यस पटक म मेरो परिवारसँग लण्डनमा छु र म निकै खुशी छु । केही महिना अघि पनि मेरो निधन बारेको गलत खबर फैलाइएको थियो । जसका कारण मेरा फ्यानहरु निकै दुःखी भएका थिए ।’

t

मुमताजलाई सन् २००० मा स्तन क्यान्सर भएको थियो । अहिले उनले क्यान्सरको लडाइँ जितिसकेकी छिन् । अहिले उनी स्वस्थ छिन् र लामो समयदेखि छोरीसँग लण्डनमा बस्दै आइरहेकी छिन् ।

t1

उनकी जेठी छोरी नताशाले फिरोज खानका नाति (फरदीन खानका छोरा)सँग विवाह गरेकी छिन् । अहिले उनी लण्डनमा बसोबास गर्छिन् ।यस्तै उनकी कान्छी छोरी तान्या रोममा बस्छिन् । अभिनेत्री मुमताजले फिल्म ‘संस्कार, लाजवन्ती, सोने की चिडिया, दो रास्ते, गहरा दाग, आपकी कसमजस्ता कैयौं फिल्ममा अभिनय गरेकी छिन् । कुनै बेला मुमताज र राजेश खन्नाको जोडी दर्शकले निकै मन पराउँथे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७