बाराको कलैया उपमहानगरपालिकामा कांग्रेस विजयी
बारा: कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेसको मेयरमा राजेश यादव र उपमेयरमा रहिमा खातुन बिजयी भएकाे छन् ।
यादवले एमालेका उम्मेदवार बिनोद साह भन्दा १८७ मतबढी ल्याउदै विजयी भएका हुन् । कांग्रेसका उम्मेदवार यादवले १०९०३ मत प्राप्त गर्दा एमालेका साहले १०७१६ मत पाएका छन् । उपमेयरमा खातुनले १०५३८ मत प्राप्त गर्दै जित हात पारिन् ।
एमालेकी उम्मेदवार प्रतिमा यादवले १०३७२ मत प्राप्त गरेकी छिन् । खातुनले यादव भन्दा १६६ मत बढी ल्याउदै जित हात पारेकी हुन् । यो संगै कांग्रेसले बाराको १६ स्थानीय तह मध्ये ६ स्थानमा जित हात पारेको छ ।