पाँचथर पावरको शेयर मूल्य तोकियो, स्पर्श लघुवित्तको शेयर सूचीकृत


२२ बैशाख २०७६, आईतवार
Share Market

काठमाडौं, २२ बैसाख । पाँचथर पावर कम्पनीको शेयर कारोबार आजबाट गर्न सकिने भएको छ । नेपाल स्टक एक्सचेन्जले पहिलो कारोबारको लागि प्रतिकित्ता ८६.६२ रुपैयाँ देखि २५९.८६ कित्तासम्मका मूल्य तोकेको छ ।

आइपिओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ९६ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ‘ए’ सञ्चालन गरिरहेको छ ।

यसैबीच स्पर्श लघुवित्त वित्तीय संस्थाको आइतबार साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ८ लाख २९ हजार ६३० कित्ता सेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७