‘नेपाल हिरो अफ ट्यालेन्ट’ विजेतालाई ७० लाख, यी ठाउँमा हुँदैछ अडिसन


२२ बैशाख २०७६, आईतवार
nepal hero of talent for singing and da 90263

काठमाडौं, २२ बैशाख । अहिले नेपालमा विभिन्न ट्यालेन्ट शोहरु भित्रिरहेका छन् । प्रतिभा प्रस्फुटित गर्ने स्थान नपाएकाहरुले अहिले स्टेज पाइरहेका छन् ।

गायन, नृत्यलगायतका विभिन्न ट्यालेन्ट शोको संख्या बढिरहेका बेला यस्तै अर्को शो पनि थपिएको छ । ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नाम दिइएको उक्त ट्यालेन्ट शोमा गाउने, नाच्ने , जादु देखाउने, बिट बक्सिङ (मुखले बाजा बजाउने) लाई पनि स्थान दिइनेछ । २०७५ चैत २५ गते झापाको बिर्तामोडबाट शुरु भएको यसको अडिसन अहिले पश्चिम नेपालका शहरहरुमा भइरहेको छ ।

अडिसन जेठको २६ गते घोराहीमा सकिने छ । पोखरामा वैशाख २८ र २९ गते हुँदैछ भने काठमाडौंमा जेठको ५, ६ र ७ गते अडिसन हुँदैछ ।

अडिसन राउन्डमा राम्रो प्रतिभा देखाउनेलाई जज् राउन्डमा ल्याइने मार्र्केिटङ डाइरेक्टर समीर लामा तामाङले बताए । उत्कृष्ट २० प्रतिभा छनोट भएपछि भने दर्शकले गरेको भोटका आधारमा उनीहरु अघि बढ्नेछन् । जुनसुकै उमेरका महिला, पुरुष जोसुकैले सहभागी हुन पाउने यो ट्यानेन्ट शोको विजेताले ७० लाख, दोस्रो हुनेले २० लाख र तेस्रोले १० लाख पाउने छन् । उत्कृष्ट १० जनाले विश्व भ्रमण र आफूले चाहे जति गीत रेकर्ड गराउन सक्नेछन् ।

यो ट्यालेन्ट शो को निर्णायकमा गायक आनन्द कार्की, संगीतकार ओमप्रकाश राई, नायिका तथा नृत्याङ्गना एलिना बास्कोटा रहेका छन् । यो ट्यालेन्ट सो जेठ ६ गतेदेखि हिमालय टेलिभिजनमा हरेक शुक्रबार बेलुका ९ बजेदेखि १० बजेसम्म प्रशारण हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७