‘स्टुडेन्ट अफ द ईयर २’ को गीत सार्वजनिक (भिडियोसहित)


२२ बैशाख २०७६, आईतवार
year1

काठमाडौं, २२ बैशाख । पुनित मल्होत्राको निर्देशनमा बन्ने चलचित्र ‘स्टुडेन्ट अफ द ईयर २’ को पहिलो गीत सार्वजनिक भएको छ ।

१० मे को लागि रिलिज मिति तोकेको चलचित्रको गीत ‘फकिरा’ सार्वजनिक भएको हो । सनम पुरी र नीति मोहनको स्वर रहेको गीत रिलिज भएको एक दिनमै लाखौँले हेरिसकेका छन् । बैशाख २१ गते रिलिज भएको गीतलाई युट्युबमा ६८ लाखभन्दा धेरैले हेरिसकेका छन् भने गीत टेन्डिङमा समेत परिसकेको छ ।

२०१२ को ब्लकबस्टर चलचित्र ‘स्टुडेन्ट अफ दि इयर’ को सिक्वेल यस चलचित्रलाई करण जोहरले निर्माण गरेका हुन् भने टाइगर श्राफ, तारा सुतरिया र अनन्या पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७