गीतकार अमर बान्तुको प्रेरणादायी गीत सार्वजनिक


२२ बैशाख २०७६, आईतवार
jeni sherpa

काठमाडौं, २२ बैशाख । गीतकार अमर बान्तुको प्रेरणादायी गीत सार्वजनिक भएको छ । शनिबार संवाद डवली अनामनगरमा एक कार्यक्रम गरी गीतकार बान्तुको शब्द रहेको ‘हिँडिनु पर्ने भीडमा’ बोलको गीत सार्वजनिक भएको हो ।

चर्चित गायिका अन्जु पन्तले स्वर दिएकी गीतको संगित वरिष्ठ सङ्गीतकार शान्तिराम राईले गरेका छन् ।

उनको ‘अमर भावना’ एल्वममा रहेको ‘हिँडिनु पर्ने भीडमा’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोलाई राज्य राई देमिनले निर्देशन रहेको भिडियो जेनी शेर्पाको फिचरिङ रहेको छ ।

amr 2

यसैगरी सन्देश राईले छायांकन गरेको भिडियाको सम्पादन मनिष कार्कीले गरेका हुन् ।
गीत आम मानिसलाई प्रेरणा मिल्ने, महिला हिंसा र सफलताको संघर्षलाई बेजोडले प्रस्तुत गरिएको निर्देशक देमिनले कार्यक्रममा बताए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ जनवादी गायक तथा संविधानसभा सदस्य माननीय जेवी टुहूरे रहेका थिए भने विशेष अतिथिहरूमा करातेमहासंघ महासचिव ओमकृष्ण प्रसाई, युवा राजनीतिक विश्लेषक मेखराज खाती,समाजसेवी श्याम परियार,गायकरसंगीतकार राज सागर लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७