प्रदेश संरचनाको विरोधमा विराटनगर बन्द, जनजीवन प्रभावित


२३ बैशाख २०७६, सोमबार
biratnagar city

मोरङ्ग, २३ बैसाख । प्रदेश–१ को संरचना विकेन्द्रीकरण निर्णयको विरोधामा विराटनगर बन्द गरिएको छ ।

प्रदेश संरचना विकेन्द्रीकरणको विरोधमा राजनीतिक दल तथा पेशाकर्मीहरु आन्दोलनमा उत्रिएपछि विराटनगरको जनजीवन प्रभावित भएको छ । प्रदेश संरचना विकेन्द्रीकरणको निणइ गरेको स्वयम् नेकपा, कांग्रेस, संघीय समाजवादी फोरम र राजपालगायत विभिन्न संघसंस्थाले प्रदेश–१ का संरचना विकेन्द्रीकरण गर्ने सत्तारुढ नेकापाको निर्णयको विरोध गर्दै बन्द आह्वान गरेका हुन् ।

बन्दका कारण विराटनगर महानगरभित्रको जनजीवन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिएका छन् । उनका अनुसार बन्दकर्ताहरु विराटनगरको कञ्चनबारी र महावीर चोकलगायतका स्थानमा भेला भएर बन्द गर्न आह्वान गरिरहेका छन् ।

press

यसअघि टायर वालेर प्रदर्शन गरे पनि प्रहरीले हटाएपछि बन्दकर्ताले सडक तथा चोकमा डोरी टाँगेर बन्दमा सहभागी हुन आग्रह गरेको बताइएको छ ।

आइतबार नेकपाको प्रदेश १ संसदीय दलको बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै संरचनाहरु वृहत विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो ।

बन्दकर्ताले प्रदेशका संरचनाहरु विराटनगरमै राख्नुपर्ने माग गरेका छन् । प्रदेश–१ राजधानी सार्ने षड्यन्त्र अनुसार संरचना विकेन्द्रीकरण गर्न लागेको भन्दै उनीहरुले विराटनगरलाई नै राजधानी बनाउने सुनिश्चितता गर्न माग समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७