फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आफन्तको विरोध प्रदर्शन


२३ बैशाख २०७६, सोमबार
gangalal 1

काठमाडौं, २३ बैसाख । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रिया गर्दा फरक समूहको रगत चढाइएको भनिएकी पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।

मुटुको शल्यक्रिया गर्ने क्रममा अर्कै समूहको रगत चढाइएको दाबी गरिएकी सर्लाहीकी ५ वर्षकी आकृतिकुमारी साहको ज्यान गएको हो ।

‘ओ’ पोजेटिभ समूहको रगत आवश्यक पर्ने आकृतिको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले ‘ए’ पोजेटिभ रगत चढाएको परिवारले आरोप लगाएको छ । परिवारले चिकित्सकीय लापर्बाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएका छन् ।

आकृतिको उपचारमा लापर्वाही गर्ने डाक्टरलाई कार्बाही गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका छन् । अस्पतालले भने घटनाको छानबिन भइरहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७