त्रिविको बिराटनगरमा संचालन हुँदै आएको परीक्षा काठमाडौंं सारियो, विद्यार्थीलाई सास्ती


२३ बैशाख २०७६, सोमबार
TU Nepal

मोरङ, २३ बैशाख । विगतका वर्षहरुमा डिग्री क्याम्पस विराटनगरमा हुने गरेको प्राईभेट अन्तरगतको एम ए प्रथम वर्षको नियमित तर्फका परीक्षाको केन्द्र काठमाण्डौ तोकिएपछि परीक्षार्थीहरु मार्कामा परेका छन् ।

विगतका वर्षहरुमा स्नातकोत्तरको राजनीति शास्त्रको परीक्षा स्नातकोत्तर क्याम्पस विराटनगरमा र एम पि एको महेन्द्र मोरङ क्याम्पस विराटनगरमा हुँदै आए पनि यस वर्षदेखि भने यी दुवै विषयका परीक्षाको परीक्षा केन्द्र काठमाण्डौमा ताकिए पछि विद्यार्थीहरु मार्कामा परेका हुन् ।

देश संघियतामा गइसकेको अबस्थामा यस्ता परीक्षाहरु अझै बिकेन्दित हुनुपर्नेमा केन्द्रीकृत गरिएपछि विद्यार्थीहरु रुष्ट बनेका छन् ।

त्रिवि अन्तरगतको प्राज्ञिक परिषदमा रहेका व्यक्तिहरुको सोचमा अझैसम्म पनि पुरानै केन्द्रियतावादी धङधङी रहेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

मोरङमा प्राईभेट परीक्षाका लागि फम भरेर परीक्षाको तयारी गरिरहेका एकजना विद्यार्थीले भने( “समय निकालेर परीक्षा दिन खाजेको, भम पनि भरियो तर केन्द्र त काठमाण्डौमा पो सारिएको रहेछ । त्रिविको यो कस्तो निर्णय हो, जनताले सुविधा पाएनन् भनेर देशमा संघियता आएको हो । तर यहाँ त सुविधा पाउनु भन्दा पनि भएको सुविधा पनि खोसियो ।’

परीक्षा दिने विद्यार्थीहरुले स्नातकोत्तर क्याम्पस विराटनगर र महेन्द्र मोरङ क्याम्पसमा डिग्रीको परीक्षा संचालन गर्न नसक्नुको कारणबारे प्रश्न गर्दै त्रिविको निर्णय सच्याउने पहल गरिदिन मिडियाकर्मी र सरोकारवाला निकायसँग आग्रह समेत गरेका छन् ।

यसवारेमा विद्यार्थी सङ्गठनहरु समेत यसबारे मौन छन् । त्रिभुवन बिश्व विद्यालयले समेत परीक्षा काठमाडौंंमा सार्नुपर्ने कारणबारे केही बताएको छैन । साथै त्रिविको यस्तो निर्णयको विरुद्धमा मौन बसेकोमा विद्यार्थी संगठनप्रति पनि उनीहरु रुष्ट वनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७