अक्षयकी नायिकाको गर्भ बसेपछि (हेर्नुस् भिडियो)


२३ बैशाख २०७६, सोमबार
yami 4bCPdD84qO

काठमाडौं, २३ बैसाख । बलिउड नायिका एमी ज्याकसनले सन् २०१९ मा एउटा तस्बिर शेयर गर्दै आफ्नो प्रेमीलाई सार्वजनिक गरेकी थिइन् ।

यसका साथै उनले जर्ज पानायिटूलाई आफूलाई भाग्यमानी महिला बनाई दिएकोमा धन्यवाद पनि दिएकी थिइन् । आफ्ना प्रेमीको नाम खुलासा गरेपछि नायिकाले आफू गर्भवती भएको समेत जानकारी दिएकी थिइन् जसले धेरैलाई चकित बनाएको थियो ।

एमीबारे अर्को नयाँ खबर सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार उनले हालै आफ्ना प्रेमी जर्ज पानायिटूसँग लण्डनमा इन्गेजमेन्ट गरेको खबर छ । इन्गेजमेन्टको तस्बिर सोसल मिडियामा सेयर गरिएको छ । यो जोडीले इन्गेजमेन्टपछि चाँडै नै विवाह पनि गर्ने खबर आइरहेको छ । एमी अन्तिम पटक फिल्म २.० मा रजनीकान्त र अक्षय कुमारसँग देखिएकी थिइन् ।

 

 

 

 

 
 

 

 
View this post on Instagram
 

 

 

 

 

 

 
 

 

 
 

 

 

 

 

 

 

 

 

 

A post shared by Manav Manglani (@manav.manglani) on

केही दिनअघि नायिकाले एक म्यागजिनसँगको अन्तरवार्तामा बच्चालाई यति चाँडै जन्माउने कुनै पूर्व योजना नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘हामीले बच्चाको योजना बनाएका थिएनौं । हामी यस्तो अवस्थामा छौं जहाँ सबै कुराका लागि तयार हुन्छौं । मलाई लाग्दैन कि कसैले यसको लागि योजना बनाउन सक्छ तर हामी सही स्थानमा छौं ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७