मेयरकै अगुवाइमा प्रदेश–१ आन्दोलित, अनिश्चितकालीन आमहडताल आहृवान


२३ बैशाख २०७६, सोमबार
fb img 1488106233207

बिराटनगर, २३ बैशाख । प्रदेश १ को स्थायी राजधानीबारे प्रदेशसभामा प्रस्ताव दर्ता भएसँगै विराटनगर आन्दोलित भएको छ । यो आन्दोलनको अगुवाई महानगरका मेयर स्वयम्ले गरिरहेका छन् ।

दुई तिहाई बहुमत रहेको सत्तारुढ नेकपाले आइतबार विराटनगरलाई प्रदेश राजधानी तोकेर कार्यापालिका, व्यवस्थापिकालगायतका अन्य संरचनाहरु बृहत विराटनगर क्षेत्र अन्तर्गत बिराटनगर, सुन्दरहरैचा र इटहरीमा निर्माण गर्ने प्रस्ताव दर्ता गरेको थियो ।

आइतबार महानगरपालिकाकै अगुवाईमा सर्बपक्षीय छलफल गरेर डा. भेषप्रसाद धमलाको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । समितिले सोमबारदेखि अनिश्चितकालिन आमहडताल आहृवान गरेको छ । हड्तालका कारण बजार, पसल यातायात पूर्ण रुपले अवरुद्ध छन् ।

राजधानी विकेन्द्रीकृत गर्न हुँदैन भन्ने जनस्तरबाट उठेको आवाजलाई आफ्नो पूर्ण समर्थन रहेको मेयर भीम पराजुलीले बताए । ‘नागरिकस्तरबाट भएको शान्तिपूर्ण आन्दोलनमा मेरो सर्मथन छ’ उनले भने ।

विराटनगरलाई राजधानी बनाएर कार्यापालिका र व्यवस्थापिका अन्यन्त्र लैजानु व्यवहारिक नभएको भन्दै उनले सच्याउन माग गरेका छन् । उनी भन्छन्, ‘जनतालाई सहज बनाउन एकै ठाउमा संरचना निर्माण गर्नुपर्ने हो तर, विराटनगरलाई राजधानी घोषणा गरेर कार्यापालिका र व्यवस्थापिका इटहरी आसपास लैजानु व्यवहारिक छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७