बेलायती राजदूतलाई उपराष्ट्रपतिले भने, ‘गोर्खाहरुको मागमा उदारता देखाउनुहोस्’


२३ बैशाख २०७६, सोमबार
uk ambassador to nepal
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग शिष्टाचार भेटको क्रममा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिस ।

काठमाडौं, २४ वैशाख : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसले शिष्टाचार भेट गरेका छन् ।

आज (सोमबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग बेलायतका राजदूत मोरिसले शिष्टाचार भेटघाट गरेका हुन् ।

उपराष्ट्रपतिले बेलायतका राजदूत मोरिसँगको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध धेरै पूरानो र जनस्तरसम्म फैलिएको बताए । भने, ‘दुई देशबीचको औपचारिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगेको छ । विशिष्ट प्रकारको हाम्रो सम्बन्ध अहिले जनस्तरसम्म फैलिएर प्रगाढ बनेको छ ।’

उपराष्ट्रपतिले आधुनिक बेलायत निर्माणमा गोरखा सैनिकहरुको योगदान रहेको बताए । उनले गोरखा सैनिकका उचित मागहरु सम्बोधनका गर्न बेलायत सरकारले उदारता र लचकता अपनाउने विश्वास व्यक्त गरे ।


‘आधुनिक बेलायत निर्माणमा गोरखा सैनिकहरुको ठूलो योगदान छ । गोरखा सैनिकका लागि बेलायत सरकारले हालै सार्वजनिक गरेको सुविधा प्याकेज स्वागत योग्य छ,’ उपराष्ट्रपतिले भने ‘गोरखा सैनिकका बाँकी उचित मागहरु संबोधन गर्न बेलायत सरकारले उदारता र लचकता अपनाउने हाम्रो विश्वास छ ।’

भेटमा बेलायत नेपालको ठूलो विकास साझेदार मुलुक भएको बताए । नेपाल भ्रमण गर्ने बेलायतीहरुको संख्या बढीरहेको भन्दै भ्रमण वर्ष २०२० मा अझै थपिने अपेक्षा गरे।


उपराष्ट्रपति पुनले नेपालमा लगानीमैत्री वातावरण बनेको उल्लेख गरे । बेलायती व्यवसायीहरुलाई नेपालमा लगानीका लागि प्रोत्साहन गरिदिन आग्रह समेत गरे ।

उपराष्ट्रपतिसँगको भेटमा बेलायती राजदूत मोरिसले नेपाल बेलायतको घनिष्ठ मित्र राष्ट्र भएको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि सहयोग गर्न बेलायत सधै तयार रहेको बताए । उनले समृद्ध नेपाल, सुखी नेपालीका लागि बेलायती युवा व्यवसायीहरुले नेपालमा लगानी गर्न चाहिरहेको उल्लेख गर्नुहुँदै दुई देशका युवा व्यवसायीहरुबीच अन्तरक्रिया गराउनुपर्ने बताए ।

राजदूत मोरिसले बेलायतका लागि गोरखा सैनिकले पुरायाएको योगदानप्रति बेलायत सरकार नतमस्तक भएको बताए । ‘बेलायती गोरखाले विश्वमा कायम गरेको प्रसिद्धिप्रति हामी नतमस्तक छौँ’, उनले भने ।

राजदुत मोरिसले गोरखा सैनिकका लागि बेलायतले विशेष प्याकेज ल्याएको उल्लेख गरे । गोरखा सैनिकका धेरै समस्या समाधान भएको बताए। उनलेबाँकी समस्या रहे समाधान हुँदै जाने बताए । यसै गरी सोमबार नै उपराष्ट्रपतिसँग यूरोपियन यूनियनकी राजदूत भेरोनिका कोडीले शिष्टाचार भेट गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७