कांग्रेसको जागरण अभियानका लागि बाँडियो जिम्मेवारी, कुन प्रदेशमा को खटिंदै ? (सूचीसहित)

देउवाले काठमाडौं र पौडेलले धनुषाको कमाण्ड गर्ने


२३ बैशाख २०७६, सोमबार
congtess

काठमाडौं, २३ बैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

बैशाख २५ देखि हिमाल, पहाड, तराई मधेश राष्ट्रिय जागरण अभियान शुरु गर्न लागेको कांग्रेसले आज (सोमबार) सानेपामा पत्रकार सम्मेलन गर्दै सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारीहरुले कमाण्ड गर्ने जानकारी दिएको छ ।

जस अनुसार सभापति शेरबहादुर देउवा प्रदेश–३ को काठमाडौंमा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश–२ को धनुषामा कमाण्ड गर्नेछन् ।

यस्तै प्रदेश–१ को सुनसरीमा उपसभापति विजय गच्छदार, गण्डकीको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश–५ को रुपेन्देहीमा महामन्त्री डा. शंशाक कोइराला, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र सुदुरपश्चिमको कैलालीमा उपसभापति विमलेन्द्र निधिले कमाण्ड गर्ने पनि शर्माले जानकारी दिएका छन् ।

७७ वटै जिल्लामा एकै साथ उद्घाटन हुने अभियान विदेशका ३३ स्थानमा समेत हुने जनाइएको छ । १२ भाषामा जागरण गीत समेत सार्वजनिक गरिएको छ । अभियानका क्रममा नेताहरुले स्थानीय जनताका गुनासा र सुझाव समेत सुन्नुपर्ने छ । तीन चरणमा हुने अभियानले पार्टीमा उर्जा आउने र जनता माझ पार्टी उभ्याउन सहयोग हुने विश्वास कांग्रेसको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७