गृहमा १९ सहसचिवसहित १४० दरबन्दी थप्न प्रस्ताव


२३ बैशाख २०७६, सोमबार
karmachari staff covil wNY50lo5Zy

काठमाडौं, २३ बैसाख । गृह मन्त्रालयले १९ जना सहसचिवसहित १४० कर्मचारी दरबन्दी थप्ने प्रस्ताव पठाएको छ ।

संघीय संरचनाअनुसार संघमा अहिलेकै अवस्थामा कर्मचारी बढी भएर घटाउनु पर्ने आवाज चौतर्फी उठिरहँदा मन्त्रालयले भने सहसचिवसहित सयौँ कर्मचारीको दरबन्दी थप्न प्रस्ताव पठाएको हो । १९ वटा जिल्लामा सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी पठाउनु पर्ने भएकोले दरबन्दी थप्नुपर्ने भन्दै ओएण्डएम कमिटीबाट पास गराई सामान्य प्रशासन मन्त्रीकोमा पुगेको गृह उच्च स्रोतले प्रशासनलाई बतायो ।

गृहले एक १६० भन्दा बढी कर्मचारीको दरबन्दी थप्न प्रस्ताब कमिटीमा राखे पनि १४० को हाराहारीमा पास गराएको समेत उनको भनाइ छ । ‘अहिले उपसचिवलाई टेरेन भनेर सहसचिव पठाउन दरबन्दी थप गर्ने तर्क राखियो, भोलि म जनप्रतिनिधि हो तिमी जस्तो सहसचिवलाई टेर्छु भन्यो भने के त्यो ठाउँमा सचिव पठाउने त ?’ उच्च स्रोतले भन्यो ।

दरबन्दी थप्ने यो प्रस्ताव यति बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुगेको छ । समितिमा सामान्य प्रशासन मन्त्रालयको सचिव अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, कानुन, सम्बन्धित मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको सङ्गठन विकास महाशाखाको सहसचिव सदस्य रहने व्यवस्था छ ।

उच्चस्तरीय ओएण्डएम कमिटीले संघमा ४८ हजार ४ सय ९ दरबन्दीको अन्तिम टुंगो लगाइएको सकेको अवस्थामा थप १२ थपेर ६० हजार पुर्‍याउन खोजिएको विषयले कर्मचारीतन्त्र चर्चा चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७