विराटनगरलाई राजधानी बनाउने प्रस्ताव पारित, इटहरी र सुन्दर हरैँचामा पनि कार्यालय रहने


२३ बैशाख २०७६, सोमबार
Pardesh Number 1

मोरङ, २३ वैशाख : प्रदेश नम्बर एकको स्थायी राजधानी विराटनगर भएको छ । सोमबार बसेको प्रदेश नम्बर एकको प्रदेशसभा बैठकले विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो ।

विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मतिमै राजधानी तोकिएको हो । जम्मा ९३ मध्ये ८६ मत प्राप्त विराटनगर राजधानी बनाउने पक्षमा थियो । ६ जना भने अनुपस्थित भए ।

विराट बृहत क्षेत्रको विराटनगर, इटहरी र सुन्दर हरैँचामा कार्यालय रहेनछ भन्ने प्रस्ताव पारित दुई तिहाईले पारित भएको हो । यसअघि विराटनगर र धनकुटालाई सदरमुकामा तोक्न प्रदेशसभामा चारवटा प्रस्ताव दर्ताका भएका थिए ।

प्रदेशसभा सदस्यहरु ज्योति सुब्बा (कांग्रेस), प्रतापप्रकाश हाङगाम (कांग्रेस), गणेश काङमाङ (नेकपा), रामचन्द्र लिम्बु (संघीय समाजवादी फोरम), अगमलाल चौधरी (कांग्रेस) र राधा थापा (संघीय समाजवादी फोरम) अनुपस्थित थिए ।

Birtnagar

नेकपाले विराटनगर स्थायी राजधानी, कार्यपालिका व्यवस्थापिका लगायत अन्य संरचना वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहर र सुन्दरहैंचा क्षेत्र आसपासमा रहनेछ भन्ने बेहोरोसहितको प्रस्ताव दर्ता गरेको थियो । 

नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रस्ताव दर्ता गराएका छन् । यसको समर्थक लिलम बस्नेत, राजकुमार ओझा, यशोदा अधिकारी र विजयकुमार विश्वास थिए ।

धनकुटा राजधानी प्रस्ताव गर्दै कांग्रेसकी लीला सुब्बाले दर्ता गराएको प्रस्तावको समर्थकमा कांग्रेसका प्रकाशप्रताप हाङ्गाम र रामचन्द्र लिम्बू समर्थक थिए । नेकपाकै निरन राईले दर्ता गरेको धनकुटा राजधानीको प्रस्तावमा नेकपाका इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ समर्थक थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७