एनसेलको लगानीकर्ता एक्जियटा मलेसियाका लेखा प्रमुख काठमाडौंमा पक्राउ


२३ बैशाख २०७६, सोमबार
rubin das

काठमाडौं, २३ बैशाख । नेपालको मोवाइल सेवा कम्पनी एनसेलको लगानीकर्ता मलेसियास्थित एक्जियटाका आन्तरिक लेखाप्रमुख रुविन दास सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

उनी नक्कली अमेरिकी डलर १ सय सहित पक्राउ परेका छन् । मालिन्डो एयरको उडान नम्बर 0D184 मा मलेसियाबाट काठमाडौं आएका दासलाई विमानस्थलमा पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंक काउन्टरमा भिसा शुल्कबापत नक्कली अमेरिकी डलर १ सय बुझाउने क्रममा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

rubin fb
रुविन दासको फेसबुक वालमा उनको स्टाटस हेड अफ इन्टरनल अडिट, एनसेल एण्ड एक्जिएटा ग्रुप उल्लेख छ ।

विमानस्थल प्रहरीले राहदानी नम्बर A35334537 बाहक बर्ष ४६ का दासलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको छ । उनको साथबाट बरामद भएको JM34126744D नम्बरको कपी लेखिएको नक्कली जस्तो देखिने १ सय दरको अमेरिकी डलर १ थानसहित गौशाला बृत्तमा पठाइएको विमानस्थल प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

विमानस्थल प्रहरीका एक अधिकृतले मलेसियन नागरिक दास नक्कली १ सय अमेरिकी डलरसहित पक्राउ परेको स्वीकार गरे ।

एनसेल र एक्जियटाले लाभकर नतिरेका कारण नेपालमा न्यायालयदेखि नागरिक समाजसम्म चर्को बहस भइरहेको छ । लाभकर प्रकरण चर्किरहेको बेलामा एक्जियटाका आन्तरिक लेखा प्रमुख दास नेपालमै पक्राउ परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७