नक्कली डलरसहित एनसेल एक्जियटाका लेखाप्रमुख पक्राउ


२४ बैशाख २०७६, मंगलवार
rubin das 1

काठमाडौं, २४ बैशाख । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले लाभकर नतिर्ने नियतले बृहतपूर्ण इजलासले गरेको आदेश विरुद्ध दायर गरेको रिटका बारेमा नागरिक समाजमा चर्को बिरोध भइरहेको छ । यही क्रममा एनसेल एक्जियटाका लेखाप्रमुख रुविन दास नक्कली डलरसहित सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

दास एनसेलको लगानीकर्ता मलेसियास्थित एक्जियटाका आन्तरिक लेखा प्रमुख हुन् । उनको फेसबुकमै उनी लेखाप्रमुख रहेको उल्लेख छ ।

fb

उनी नक्कली अमेरिकी डलर १ सय सहित पक्राउ परेका छन् । मालिन्डो एयरको उडान नम्बर 0D184 मा मलेसियाबाट काठमाडौं आएका दासलाई विमानस्थलमा पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंक काउन्टरमा भिसा शुल्कबापत अमेरिकी डलर १ सय बुझाउने क्रममा उक्त डलर नक्कली ठहरिएपछि उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

TIA 1

विमानस्थल प्रहरीले राहदानी नम्बर A35334537 बाहक बर्ष ४६ का दासलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको छ । उनको साथबाट बरामद भएको JM34126744D नम्बरको कपी लेखिएको नक्कली जस्तो देखिने १ सय दरको अमेरिकी डलर १ थानसहित गौशाला बृत्तमा पठाइएको विमानस्थल प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७