बेलायती राजकुमार ह्यारी र मेगनलाई पुत्र लाभ


२४ बैशाख २०७६, मंगलवार

काठमाडौं, २४ बैसाख । बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उनकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आफूलाई पुत्र लाभ भएको कुरा राजकुमार ह्यारी आफैँले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका थिए । सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिएका राजकुमार ह्यारीले आफू सोमबारदेखि पिता भएको बताए ।

उनले आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो रहेको र पिता भएकोमा आफूलाई नौलो अनुभव भएको पनि जानकारी दिए ।

सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरूले गएको वर्ष वैवाहिक जीवनमा परिणत गरेका थिए । अमेरिकी टेलिभिजनको टेलिश्रृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा संलग्न थिइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७