यस्तो छ डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको गोप्य सहमति


२४ बैशाख २०७६, मंगलवार
samajbadi parti 20190506095320

काठमाडौं, २४ बैशाख । संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टीबीच एकता भएको छ । पार्टी एकतापछि समाजवादी पार्टी नेपाल नामाकरण गरि औपचारिक एकता सोमबार भएको छ । एकताप्रति दुवै पार्टीमा असन्तुष्टी देखिएको छ ।

नयाँशक्तिका बरिष्ठ नेता देवेन्द्र पराजुलीले एकता घोषणा अघि नै सामाजिक संजालमार्फत् दुई चार जना नेता बसेर निर्णय गरेको भनी बिरोध गरिसकेका छन् । फोरममा पनि असन्तुष्टी छ । भोट मधेशका जनताले मात्र दिने, पार्टीमा नयाँशक्तिका डा. बाबुराम भट्टराईको नेतृत्वलाई स्वीकार गरिएकोमा फोरममा असन्तुष्टी छाएको छ । पार्टी एकतामा अध्यक्षमा डा. भट्टराईलाई बरियतामा अगाडि राखिएको छ भने उपेन्द्र यादव दोस्रोमा छन् ।

संघीय परिषद अध्यक्षमा डा. भट्टराई र केन्द्रीय अध्यक्षमा यादव भनिएको छ ।समाजवादी पार्टीको बिधानमा महाधिवेशन, संघीय परिषद र केन्द्रीय समितिको ब्यवस्था गरिएको छ । नेपाली कांग्रेसको महाधिवेशन जस्तै समाजवादी पार्टीको संघीय परिषद हो ।

फोरम अध्यक्ष उपेन्द्र यादवले एकताप्रक्रियाप्रति असन्तुष्टी जनाउनेहरुलाई महाधिवेशनपछि आफू अध्यक्ष र डा. भट्टराई बरिष्ठ नेता हुने भित्री सहमतिमा एकता भएको भनेर थामथुम पार्ने गरेका छन् ।

महाधिवेशनसम्मका लागि मात्र पूर्वप्रधानमन्त्री भएकाले डा. बाबुराम भट्टराईको नेतृत्व स्वीकार गरेको भन्दै उनले असन्तुष्टहरुलाई बुझाउने गरेका छन् । अशोक राईहरुसँग एकता गरे पनि समानुपातिकतर्फ पनि पहाड र काठमाडौंमा नगन्य मत पार्टीले पाएको बिषय फोरममा उठ्ने गरेको छ । उता, नयाँशक्तिका नेताहरु भने पार्टीमा कुनै सल्लाह वा छलफल नगरी दुई चार जनाको कोठे बैठकले एकता गरिएको भन्दै असन्तुष्ट छ । उनीहरु नयाँशक्ति फोरममा बिलय भएको भन्न थालेका छन् । र, कतिपयले नेकपामै फर्किने मनस्थिति बनाइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७