फेरि बर्षा भर्सेस बर्षा


२४ बैशाख २०७६, मंगलवार
barsha raut barsha siwakoti

काठमाडौं : जेठ ३ गते दुई नेपाली फिल्म ‘बीर विक्रम २’ र ‘जात्रै जात्रा’ एकसाथ प्रर्दशन हुँदैछन् । यी दुई फिल्मको प्रदर्शनलाई रोचक रुपमा हेरिएको छ । रोचक यसकारण कि दुबै फिल्ममा बर्षा नाम गरेका नायिकाका सोलो नायिकाको रुपमा प्रस्तुत भएका छन् ।

फिल्म ‘बीर विक्रम २’ मा नायिका वर्षा सिवाकोटी र फिल्म जात्रै जात्रामा वर्षा राउतको मुख्य भुमिका छ । यी दुई नायिकाको सम्बन्धलाई लिएर बेलाबेलामा गसिप बन्ने गर्दछन् । फिल्म ‘गोपी’ मा सिवाकोटी आउट भएर राउत इन हुँदा राम्रै चर्चा चलेको थियो ।

यसैले पनि बर्षा र बर्षाको सम्बन्धलाई लिएर मिडियामा चर्चा हुने गरेको हो । यद्पी उनीहरुले आफुहरुबिच मनमुटाव नभएको बताउँने गरेका छन् । उनीहरुले एउटा तीज गीतको भिडियोमा सँगै काम गरेका छन् ।

जेठ ३ गतेलाई पहिला ‘बीर विक्रम २’ ले मिति लक गरेको थियो । फिल्मी अनलाइन रमाइलो छका अनुसार फिल्म ‘दालभात तरकारी’ले एक हप्ता पछि प्रर्दशन मिति तय गरे लगत्तै वैशाख २७ गते रिलिज हुने भनिएको फिल्म ‘बीर विक्रम २’ सँग जुध्न आइपुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७