युटिएलसँगको सम्झौता खारेज


२४ बैशाख २०७६, मंगलवार
utl

काठमाडौं, २४ बैसाख । नेपाल दूरसञ्चार प्राधिकरणले यूटिएलसँगको सम्झौता खारेज गरेको छ । गण्डकी र प्रदेश–५मा ब्रोडब्याण्ड निर्माण र विस्तारको जिम्मा पाएको यूटिएलसँग प्राधिकरणले मंगलबार सम्झौता खारेज गरेको हो ।

सम्झौता भएको मितिले दुई वर्षभित्र काम सक्नेगरी यूटिएलसँग २०७४ वैसाखमा प्राधिकरणले सम्झौता गरेको थियो । तर, उक्त सम्झौता अवधि सकिएपछि सम्झौता तोडिएको हो । सम्झौताको अवधिमा कुनै किसिमको भौतिक प्रगति नभएको भन्दै प्राधिकरणले सम्झौता खारेज गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिएका छन् ।

अर्यालका अनुसार युटिएलले समय थपको लागि प्राधिकरणमा निवेदन समेत पेश गरेको थियो । तर युटिएलको काममा कुनै प्रगति नभएकाले प्राधिकरणले सम्झौता खारेज गर्ने निर्णय गरेको हो । युटिएलसँगको सम्झौता खारेज भएसँगै अब प्राधिकरणले गण्डकी र ५ नम्बर प्रदेशमा ब्रोडब्याण्ड निर्माण र विस्तारको लागि नयाँ प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७