नक्कली डलरसहित पक्राउ परेका एनसेलका लेखाप्रमुख छुटे


२४ बैशाख २०७६, मंगलवार
rubin das 1

काठमाडौं, २४ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयबाट नक्कली १ सय अमेरिकी डलरसहित सोमबार पक्राउ परेका एनसेल एक्जियटाका लेखाप्रमुख रुविन दासलाई प्रहरीले मंगलबार रिहा गरेको छ ।

मलेसियास्थित एक्जियटाका लेखा प्रमुख दासले उक्त नक्कली डलर लामो समयदेखि ब्यागमा रहेको बयान दिएर छुटेका हुन् । उनलाई एनसेलका नेपाली लगानीकर्ता सतिसलाल आचार्यले मंगलबार छुटाएर लगेका छन् । मलेसियन दूताबासबाट समेत फोन गर्न लगाई उनलाई छुटाइएको थियो । उनको साथबाट नक्कली डलर बरामद भए पनि एनसेलका सतिसलाल आचार्यले शक्तिकेन्द्र गुहारेर छुटाएका छन् ।

मालिन्डो एयरबाट मलेसियाबाट काठमाडौं आएका दासलाई विमानस्थलमा पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको थियो । बैंक काउन्टरमा भिसा शुल्कबापत अमेरिकी डलर १ सय बुझाउने क्रममा उक्त डलर नक्कली ठहरिएपछि उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको थियो ।

विमानस्थल प्रहरीले ४६ बर्षीया दासलाई बरामद नक्कली १ सय अमेरिकी डलरसहित थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको थियो । तर मंगलबार दूताबासको अनुरोध र सतिसलालको सक्रियतापछि उनलाई छाडिएको छ ।

यो पनि पढ्नुहोस्ः

नक्कली डलरसहित एनसेल एक्जियटाका लेखाप्रमुख पक्राउ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७