गोर्खाल्याण्ड आन्दोलन स्थगित, दार्जिलिङ्ग बन्द फिर्ता


११ आश्विन २०७४, बुधबार
gorkha land

नयाँ दिल्ली: गोर्खाल्याण्ड राज्यको माग राखेर दार्जिलिङसहितको क्षेत्रमा जारी अनिश्चितकालीन आम हड्ताल १०५ पाँच दिनपछि फिर्ता भएको छ। भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले १५ दिन भित्र वार्ता गर्ने आश्विासन दिएपछि गोर्खा जनमुक्ति मोर्चाले आमहड्ताल फिर्ता लिएको हो।gorkha land

दार्जिलिङ्ग बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित दार्जिलिङ्ग र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि पहिलाजस्तै सामान्य र सुचारु भएको छ ।पश्चिम बङ्गालबाट टुक्रिई दार्जिलिङ्ग र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य – गोर्खाल्याण्डको स्थापना हुनुपर्ने मुख्य माग राख्दै दार्जिलिङ्गको गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एकसय दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलिरहेको थियो ।

गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता बिमल गुरुङ्गले पार्टीका अन्य नेताहरुसँग सल्लाह गरी एक रेडियो वक्तव्यमार्फत् अनिश्चित कालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गरेका जनाइएको छ ।

दशैं तिहारजस्ता ठूला चहाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ । गत मङ्गलबार केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले आन्दोलनरत नेताहरुलाई प्रजातान्त्रिक राष्ट्रमा जस्तोसुकै गम्भीर राजनीतिक समस्या पनि वार्ताद्वारा समाधान निकाल्न सकिने भन्दै आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिन आह्वान गरेको थियो ।

गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्द गत एकसयचार दिनदेखि चल्दै आइ त्यहाँको जीवन कष्टकर बन्दै आइरहेको थियो ।आन्दोलन र बन्दको अवधिमा हिंसा भड्किँदा एघार जनाको ज्यान गएको र थुप्रै सङ्ख्यामा आन्दोलनकारीहरु घाइते भएका थिए ।यसै अवधिमा ब्यापारिक र पर्यटकिय गतिविधि ठप्प हुँदा दार्जिलिङ्गले ठूलो आर्थिक क्षतिसमेत बेहोर्नु परेको थियो ।

रासस/सिन्ह्वा

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७