एनआईसी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्स


२५ बैशाख २०७६, बुधबार
nic

काठमाडौं, २५ वैसाख । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ ।

स्वदेश तथा विभिन्न मुलुकहरूबाट आएको विप्रेषण रकम यस बैंकका देशभर रहेका २८२ शाखा कार्यालयहरू तथा ४० वटा एक्सटेन्सन काउन्टरमार्फत सरल र सुलभ रूपमा ग्राहकहरूले भुक्तानी पाउने गरी सम्झौता भएको हो ।

उक्त सम्झौता–पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।

बैंकले मुलुकभर रहेका २८२ शाखा कार्यालयहरू, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवं २५ वटा शाखारहित बैंकिङ ईकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७