गोरखा २ ‘क’ मा नयाँ शक्तिका आचार्य विजयी


प्रकाशित मिति : December 9, 2017

काठमाडौं: गोरखा २ को ‘क’ मा नयाँ शक्ति पार्टीका हरिशरण आचार्य विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कमला नहर्कीलाई ३ हजार २७८ मत अन्तरले पछि पार्दै आचार्य विजयी भएका हुन् ।

आचार्यले १५ हजार ३४३ मत ल्याएका छन् भने उनका नहर्कीले १२ हजार ६५ मत ल्याइन् । कुल गणना भएको मत मध्ये १ हजार ६७ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्