पराजित हुने भएपछि दमननाथ ढु‌ंगानाले लेखे ‘भूतले खाजा खाने बेला उठिएजस्तो छ’


प्रकाशित मिति : December 9, 2017

काठमाडौं : :प्रतिनिधि सभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट  मतगणना जारी छ । मतपरिणाम जारी रहँदा प्रतिस्पर्धी एमालेका उम्मेदवार महेश बस्नेतसँग भारी मतान्तरका अघि छन् ।

भारी मतान्तरले पराजित भएपछि नेपाली काँग्रेसका उम्मेदवार दममानाथ ढुंगानाले विरक्तिएको शैलीमा आफ्नो उम्मेदवारी प्रति गुनासो गरेका छन् । शनिबार अपराह्न उनले आफ्नो ट्वीटर मार्फत् ‘भूतले खाजा खाने बेला उठिएजस्तो छ’ भनेर लेखेका छन् ।

उनी ११ हजार भन्दा बढी मतले पछाडि रहेका छन् । एमाले उम्मेदवार बस्नेतको २२ हजार ४ सय ६५ मत आएको थियो भने काँग्रेस उम्मेदवार रहको उनको जम्मा ११ हजार ४ सय ९५ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्