पराजित हुने भएपछि दमननाथ ढु‌ंगानाले लेखे ‘भूतले खाजा खाने बेला उठिएजस्तो छ’


२३ मंसिर २०७४, शनिबार
daman nath dungana1

काठमाडौं : :प्रतिनिधि सभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट  मतगणना जारी छ । मतपरिणाम जारी रहँदा प्रतिस्पर्धी एमालेका उम्मेदवार महेश बस्नेतसँग भारी मतान्तरका अघि छन् ।daman nath dungana1

भारी मतान्तरले पराजित भएपछि नेपाली काँग्रेसका उम्मेदवार दममानाथ ढुंगानाले विरक्तिएको शैलीमा आफ्नो उम्मेदवारी प्रति गुनासो गरेका छन् । शनिबार अपराह्न उनले आफ्नो ट्वीटर मार्फत् ‘भूतले खाजा खाने बेला उठिएजस्तो छ’ भनेर लेखेका छन् ।

उनी ११ हजार भन्दा बढी मतले पछाडि रहेका छन् । एमाले उम्मेदवार बस्नेतको २२ हजार ४ सय ६५ मत आएको थियो भने काँग्रेस उम्मेदवार रहको उनको जम्मा ११ हजार ४ सय ९५ मत आएको छ ।daman nath dungana

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७