करोडौंका भन्सार छलीका सामान बरामद, मुद्दा दर्ता नगर्न राजश्वमा नेताको दबाब


२६ बैशाख २०७६, बिहीबार
rid

काठमाडौं, २६ बैशाख । राजस्व अनुसन्धान विभागले रसुवा नाकाबाट सामान आयात गर्दा ब्रान्डेड सामान ल्याएर कमसल सामान भनेर भन्सार छली गरेको सूचनाका आधारमा ना ५ ख ६६५४ ट्रक बरामद गरेको थियो ।

मितेरी इन्टरनेशनलको उक्त ट्रकमा चाइल्ड भेष्ट, बेबी इलास्टिक कट्टु, इलास्टिक कट्टु, विभिन्न ब्राण्डका जुत्ता थिए । ब्रान्डेड सामानको भन्सार शुल्क नतिरी भन्सार छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले जिल्ला अदालतमा ८ जनाबिरुद्ध २०७५ मंसिर २४ मा मुद्दा दायर गरेको थियो ।

त्यसको अढाइ महिनापछि राजस्व अनुसन्धान विभागको पत्रकै आधारमा भन्सार अधिकृत पवित्रकुमार खड्का, नायबसुब्बा धिरज थापा, मितेरी इन्टरनेशनलका संचालक सुमन श्रेष्ठ र रन्जन त्रिपाठीसहित ८ जनाबिरुद्ध १५ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

यसरी मितेरी इन्टरनेशनलले ब्रान्डेड सामानको भन्सार छली गरेको आरोपमा राजस्व अनुसन्धान विभाग र अख्तियार दुवै निकायले मुद्दा दायर गरे । उनीहरु विरुद्ध जनही १५ करोड रुपैयाँका दरले ७५ करोड रकम बराबरको हिनामिनाको आरोपमा मुद्दा दर्ज भएको थियो ।

dg
महानिर्देशक दीर्घराज मैनाली

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले रसुवा भन्सारबाट न्यून बिजकीकरण गरी ट्रकका ट्रक सामान भित्र्याइरहेकहा छन् । तर राजस्वले उनका ट्रकमा सूचना पाएर पनि आँखा चिम्लने गरेको छ । तयारी कपडा, टिसर्ट, पाइन्ट उनले न्यून बिजकीकरण गरी ल्याइरहेका छन् ।

१.५० डलर तिर्नुपर्ने सामानको उनले १ डलर मात्र भन्सार तिरी भित्र्याउने गरे पनि राजस्वले बरामद गरेर पनि सुटुक्क छाड्ने गरेको छ । रसुवा भन्सारका भन्सार अधिकृत ललिता ज्ञवालीले निमफुन्जोका गाडीको जाँचपस गरी छाड्ने गरेकी छन् ।

बिराटनगर भन्सार कार्यालयबाट ६ महिनाअघि बरामद गाडी पनि कारबाही नगरी राखिएको छ । भन्सार अधिकृत शम्भुप्रसाद सापकोटाले जाँचपास गरेको उक्त गाडी पनि नेताहरुको दबाबमा मुद्दा नै नचलाई उन्मुक्ति दिन लागिएको छ । नेता र प्रशासनिक उच्च तहको दबाबमा बिराटनगर भन्सारबाट बरामद गाडीको मुद्दा अहिलेसम्म पनि जिल्ला अदालतमा पेश नगरिएको आरोप मैनालीमाथि छ ।
६ अर्ब नक्कली भ्याटबिल प्रयोग गर्नेहरुको हारगुहार
६ अर्ब नक्कली भ्याटबिलमा जयकिशोर साह, परमेश्वर साहलाई मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागले ती बिल प्रयोग गर्ने करिब ५ सय कम्पनीलाई अहिलेसम्म बयान लिने बाहेक मुद्दा दायर गरेको छैन ।

नक्कली भ्याटबिल प्रयोग गर्नेमा खानी निर्माण सेवाका संचालक रत्न गौतम र उनका निकट ब्यापारीहरु बढी छन् । नवीन चौलगाईले ५० करोड रुपैयाँ भन्दा बढीको नक्कली भ्याटबिल प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

चीनमा युनिलिभर र डाबरका नक्कली कस्मेटिक उत्पादन गरी भन्सार सेटिङ गरी आयात गर्ने कैलाशचन्द्र सरियाले पनि करोडौंका भ्याटबिल प्रयोग गरेका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक मैनालीसँग सुसम्बन्ध भएकाले उनी आफ्नाबिरुद्ध मुद्दा दर्ता नहुुने भन्दै ढुक्क छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७