२१ वर्षीया मोडल डाक्टरबाट बलात्कृत, कसैलाई जानकारी दिए तस्विर ‘भाइरल’ बनाई दिने धम्की


२६ बैशाख २०७६, बिहीबार
Rape for nayapage

नयाँदिल्ली, २६ बैसाख । अहिले समाजमा बलात्कारका घटना दिनहुँ बढिरहेका छन् । बलात्कारको घटनाबाट समाज असुरक्षित बन्दै गइरहेको छ ।

नेपालमा मात्र होइन छिमेकी देश भारतमा समेत बलात्कारका घटनाहरु बाक्लै हुने गरेका छन् । भारतको मुम्बईमा एक ५५ वर्षीय डाक्टरलाई २१ वर्षे मोडललाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ ।

पुलिसका अनुसार मोडलको एक सिरियलमा काम गर्ने बेला डाक्टरसँग चिनजान भएको थियो । मिडिया रिपोर्ट अनुसार पीडित मोडललाई उनका एक साथीले डाक्टरबारे जानकारी दिएका थिए । त्यसपछि मोडल आरोपी डाक्टरलाई उपचारको सिलसिलामा भेट्न गइन्, त्यसपछि उनीहरुबीच दोस्ती भयो ।

अनुसन्धान र सोधपुछ जारी

पुलिसका अनुसार डाक्टरले वर्सोवामा मोडललाई एउटा घर पनि दिएका थिए । अनुसन्धानको क्रममा डाक्टरले मोडलको अकाउन्टमा केही पैसा पनि पठाएको पत्ता लागेको छ । यस्तै, पीडितको आरोप अनुसार डाक्टरले उनका केही आपत्तिजनक तस्बिर खिचेका थिए । त्यही फोटोको आडमा डाक्टरले आफूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप लगाइन् ।

यस्तै पुलिसका अनुसार बलात्कारपछि डाक्टरले पीडितलाई यसबारे कसैलाई पनि नभन्न दबाब दिएका थिए । यसबारे कसैलाई जानकारी दिए तस्बिर भाइरल गरिदिने धम्की डाक्टरले दिने गरेको उनले बताइन् । यसबारे गत हप्ता उजुरी दिइएको थियो । पुलिसले यसबारे अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७