गायिका सरस्वती लामाको ठगी धन्दा विरुद्ध प्रहरीमा उजुरी


२६ बैशाख २०७६, बिहीबार
sawaswati lama

काठमाडौं, २६ बैसाख । म्युजिक भिडियो र स्टेज शोहरुमा ‘भद्दा’ प्रस्तुती दिएर चिनिएकी गायिका सरस्वती लामाविरुद्ध एक करोड ६ लाख रुपैंयाँ ठगीको उजुरी प्रहरीमा परेको छ ।

उनीविरुद्ध उनकै पति धनबहादुर लामाले एक करोड ६ लाख ठगी गरेको भनी प्रहरीमा उजुरी दिएका हुन् । ०६४ सालमा काभ्रे मादनकुडारीका लामासँग सरस्वतीले प्रेम विवाह गरेकी थिइन् । लामाले आफूले वैदेशिक रोजगारीका क्रममा कमाएको रकम र जायजेथा लिएर सरस्वती फरार रहेको उजुरी यसै महिना प्रहरीमा दर्ता गराएका हुन् ।

लामा ०७१ सालमा दुवई गएका थिए । आफूले कमाएको रकमबाट एउटा स्कुटर, एक लाख १० हजार मूल्य बराबरको आइफोन, २ लाख ८० हजार बराबरको ब्रासलेटलगायतका सामान र नगद पनि ठगी गरेको उजुरीमा उल्लेख छ । सुनको चुरा, सुनकै औंठी, सिक्री र रिङ मात्र बनाई दिएनन्, पटक–पटक गरी ग्लोबल आइएमई बैंकबाट ३४ लाख ५२ हजार ५ सय ८६, महालक्ष्मी विकास बैंक दरबारमार्ग शाखामा ११ लाख ९८ हजार ५ सय ११, इन्भेष्टमेन्ट बैंकमार्फत ३ लाख ९० हजार, एभरेष्ट बैंकमार्फत ३ लाख र बैंक अफ काठमाडौंमार्फत ४ लाख ५० हजार पठाएको उजुरीमा उल्लेख छ ।

कोठामा रहेको १५ लाखभन्दा बढी सम्पत्ति, गरगहना र नगद रकमसहित श्रीमती फरार भएको चाल पाएपछि उनले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सरस्वतीसहित उनका प्रेमी पिटर खालिङलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार सम्बन्धविच्छेद र ठगीसम्बन्धी मुद्दा भएकाले अदालतमा पठाइएको छ । सरस्वतीलाई भने सामान्य तारेखमा छाडिएको छ । पिटर र सरस्वती खालिङ सिष्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘द डार्क एण्ड लाइट’ चलचित्रबाट नजिकिएका थिए ।
हेर्नुस् उजुरी

1 5
2 4
3 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७