‘कृ’ निर्माता भन्छन्’ ‘अनमोलको पारिश्रमिक बढ्नुमा मेरो कुनै गल्ती छैन’


२६ बैशाख २०७६, बिहीबार
anamol

काठमाडौं, २६ बैशाख । चलचित्र ‘कृ’ का लागि निर्माता सुवास गिरीले नायक अनमोल केसीलाई २० लाख पारिश्रमिक दिए । सो समय भन्दा अगाडि नायक अनमोल केसीले चलचित्र ‘गाजलु’ मा ८ लाखमा काम गरेका थिए । तर, निर्माता गिरीले एक्कासी अनमोलको पारिश्रमिक बढाएपछि उनीपछि आएका अन्य कलाकारले पनि पारिश्रमिक उच्च डिमाण्ड गर्न थाले ।

यसैले अहिले चलचित्रका लागि कलाकार लिन नै समस्या परेको गुनासो निर्माताहरुले गर्न थालेका छन् । तर, निर्माता सुवास गिरी भने आफूले अनमोलको पारिश्रमिक ह्वात्तै बढाइदिएको भन्ने कुरा स्विकार गर्न तयार छैनन् ।

गिरीले अगाडि भने–‘कुनै कलाकारले एउटा चलचित्रका लागि ३ वा ६ महिना समय मात्र दिनुपर्छ भने उसले त्यसमा पनि महंगो पारिश्रमिक माग्नु गतल हो । ३–३ महिनामा नयाँ नयाँ चलचित्र गर्ने कलाकारले पनि अर्कोले महंगो पारिश्रमिक लिएको छ, मैले किन नपाउनु भनेर तर्क गर्नु अर्थहिन छ ।’ निर्माता गिरीले एउटै चलचित्रका लागि लामो समय दिन कलाकार वा प्राविधिक तयार छ भने उसलाई बजारको भ्यालु अनुसारको पारिश्रमिक दिनु गतल नभएको तर्क गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७