बेलबारीमा आदिवासीको ‘फुड फेस्टिवल’ (फोटो फिचर)


२६ बैशाख २०७६, बिहीबार
2 5

-अर्जुन कुलुङ राई
बेलबारी, २६ बैसाख । मोरङको बेलबारीमा आदिवासी फुड फेस्टिवल (खाना महोत्सव) शुरु भएको छ ।

आदिवासी जनजाति महासंघ बेलबारीको आयोजनामा तीन दिने फुड फेस्टिवल शुरु भएको हो । ‘शास्त्र हराए सँस्कृति हराउँछ, सँस्कृति हराए सँस्कार हराउँछ, सँस्कार हराए जाति हराउँछ’ भन्ने मुख्य नाराका साथ आयोजना गरिएको फेस्टिवलमा बेलबारीस्थित विभिन्न १६ जातिका मौलिक सँस्कृति झल्कने भेषभुषा, सामग्रीसहित खानाका परिकारको स्टल प्रदर्शनीमा राखिएको छ ।

बेलबारीमा रहेका धिमाल, राई, लिम्बू, गुरुङ, मगर, थारु, चौधरी, मुडभरी, तामाङ, याक्खा, सुनुवार, भुजेललगायत जातिहरुले कार्यक्रममा मौलिक नृत्य समेत प्रस्तुत गरेका छन् ।

आदिवासी जनजातिहरुको मौलिक खानाका परिकारको संरक्षण सम्वर्धन गर्दै उनीहरुलाई व्यवसायीकरण हुन् उत्प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राई बताउँछन् । समाज विकासका लागि सबै जातिको भाषा, सँस्कृति र रीतिरिवाजको विकास हुनु पर्दछ भन्ने सन्देश दिनका लागि समेत कार्यक्रम आयोजना गरिएको अध्यक्ष राई बताउँछन् ।

कार्यक्रम उद्घाटनका अवसरमा प्रमुख अतिथि बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले आदिवासी जनजातिहरुको भाषा, सँस्कृतिको विकासका लागि नगरपालिकाले सहयोग गर्ने बताएका छन् । कार्यक्रममा विशिष्ट अतिथि आदिवासी जनजाति महासंघका महासचिव नित्यानन्द ताजपुरियाले मातृभाषाको संरक्षण नगरिएमा जातिहरु लोप हुने बताए ।

त्यस्तै तामाङ घेदुङका रेखबहादुर तामाङ, धिमाल जाति विकास केन्द्रका कविन्द्र धिमालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको विषयमा महासंघका उपाध्यक्ष कुमार बोखिमले प्रकाश पारेका थिए । तीन दिनसम्म चल्ने कार्यक्रमको दोस्रो दिन हाँस्य कलाकार फुलन्देकी आमाको साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने महासंघका सचिव मनकुमार गुरुङले जानकारी दिएका छन् ।

हेर्नुस् तस्विरहरु

1 6
3 4
4 2
5 2
6 2
7 2
8 2
9 2
10 2
11 1
12 1
13 1
14
15 1
16 1
17 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७