८५ लाखको सुनसहित ल्वागुन पक्राउ, जुत्तामा भेटियो सुन


२६ बैशाख २०७६, बिहीबार
gold 1

हेटौडा, २६ बैसाख । ८५ लाख बराबरको सुनसहित एक सुन कारोबारी पक्राउ परेका छन् ।
मकवानपुर प्रहरीले अवैध एक किलो ६४९ ग्राम बढी सुनसहित भोजपुर षडानन्द नगरपालिका–४ का २९ वर्षीय किशोर ल्वागुन बिकलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय हेटौंडा–९, पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले बिकले लगाएको जुत्ताभित्र र पाइन्टको खल्तीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा सुनसहित उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ परेका बिकले यसअघि पनि अवैध सुनको कारोबार गरेको स्वीकारेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७