अमेरिकाका लागि राजदूत अर्जुनकुमार कार्कीको कार्यकाल थपियो


२६ बैशाख २०७६, बिहीबार

काठमाडौं, २६ बैसाख । सरकारले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्यकाल थप गरेको छ ।

arjun kumar karki

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

कार्की पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको कोटाबाट अमेरिकाका राजदूत नियुक्त भएका थिए । गत फागुनमा अमेरिकाका लागि राजदूत कार्की र चीनका लागि राजदूत लीलामणि पौडेललाई मन्त्री सरहको सुविधा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७