यस्ती छिन् ‘मिस नेपाल-२०१९’ विजेता अनुष्का श्रेष्ठ {फोटो फिचर}


२७ बैशाख २०७६, शुक्रबार
Miss Nepal

काठमाडौं, २६ बैशाख : मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । अस्ट्रेलियाको बैँकबाट राजीनामा दिएर आएकी २३ वर्षीया श्रेष्ठ यस वर्षकी मिस नेपाल
वर्ल्ड -२०१९ घोषित भएकी हुन् ।

बुधबार कीर्तिपुरस्थित ल्याब स्कुलमा भएको फाइनल राउन्डमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् ।

उनी अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक हुन् । श्रेष्ठ कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत रहेकै बेला मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा छनोट भएकी हुन् ।

उनलाई ‘मिस नेपाल वर्ल्ड –२०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् । श्रृखला पढाईले आर्किटेक्चर हुन् ।

यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् । मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् ।

‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले पारिन् । मिस नेपाल अर्थको उपाधि भने रिया बस्नेतले जितिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७