कास्कीमा रविन्द्र अधिकारी ८ हजार बढी मतान्तरले विजयी


२३ मंसिर २०७४, शनिबार
rabindra Adhikari

काठमाडौं: कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् । ८ हजार ५ सय ४६ मतान्तरले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै विजयी भएका हुन् ।

rabindra Adhikari
अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी काँग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए । प्राज्ञिक र बलियो उम्मेदवारको रूपमा हेरिएका चालिसेलाई हारको स्वाद चखाउँदै उनले कास्कीबाट तेस्रो पटक पनि जीत निकाल्दै हृयाट्रिक पूरा गरेका छन् ।
२०५६ सालमा तत्कालीन नेकपा मालेबाट कास्की क्षेत्र नम्बर १ मा अधिकारीले चुनाव हारेका थिए । त्यति बेला उनले १ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए । पहिलो संविधान सभाको निर्वाचनमा माओवादी उम्मेदवार झलकपाणि तिवारीसँगको प्रतिस्पर्धामा झन्डै २ हजार ५ सय मतले निर्वाचन जितेका रवीन्द्र अधिकारीले दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेस उम्मेदवार सोभियतबहादुर अधिकारीलाई २ हजार ३ सय २ मतले हराउँदै विजयी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७