टुसाल–जोरपाटी सडक खण्ड तत्काल कालोपत्र हुने, स्थानीय आन्दोलनकारी र ठेकेदारबीच ६ बुंदे सम्झौता


२७ बैशाख २०७६, शुक्रबार
Jorpati ncddboIIYd

काठमाडौं, २७ वैसाख । धूलोले आजित बनेपछि आन्दोलनमा उत्रिएपछि काठमाडौंको चावहिल–साँखु सडक खण्ड अन्तर्गत टुसाल–जोरपाटी सडक खण्ड तत्काल कालोपत्र हुने भएको छ ।

धूलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो (बिहीबार) यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए ।

सडकमा उत्रिएका आन्दोलनकारी र सडक निर्माणको ठेक्का पाएको युनाइटेड बिल्डर्सबीच ६ बुंदे सहमति भएपछि कालोपत्रेको काम तत्काल अघि बढ्ने भएको हो भने स्थानीयको आन्दोलन समेत स्थगित भएको छ ।

स्थानीय बासिन्दा, व्यापारी तथा उक्त सडकखण्ड कालोपत्र गर्ने ठेकेदारबीच भएको सम्झौताअनुसार आइतबारदेखि नै कालोपत्र गर्ने काम ठेकेदार कम्पनीले शुरु गर्ने सहमति भएको छ ।

कालोपत्र गर्नु पूर्व रोलर लगाउने, सवबेस, बेस बनाउने काम काम तत्कालै शुरु गर्ने सहमति भएको छ । सहमतिसँगै स्थानीयले गरेको आन्दोलन पनि स्थगित भएको छ । उक्त सडक खण्डमा कालोपत्रे नहुँदा धूलो र हिलोका कारण स्थानीय व्यापारी र व्यवसायीको कारोबार नै प्रभावित भएको थियो । यस्तै हिउँदमा धूलो र पानी पर्दा हिलोका कारण सर्वसाधरणले सास्ती भोग्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७