तनहुँमा रामचन्द्र पौडेल जितबाट टाढिँदै, करिव ४ हजार मतले पछाडि


२३ मंसिर २०७४, शनिबार
Kishan Shrestha VS Ramchandra Poudel Tanahu

काठमाडौं: नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेल जितबाट टाढिँदै गएको छ । सुरु देखिनै उनको प्रतिद्वन्दी वाम गठबन्धनका साझ उम्मेदवार एमाले नेता कृष्णकुमार श्रेष्ठले अग्रता लिएको अहिले त्यो अग्रता फराकिलो बन्दै गएको छ ।

Kishan Shrestha VS Ramchandra Poudel Tanahu

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले उम्मेदवार किसान श्रेष्ठभन्दा करिव ४ हजार मतले पछाडि परेका छन् । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार श्रेष्ठले १९ हजार २ सय ७७ मत ल्याएका छन् भने कांग्रेस वरिष्ठ नेता पौडेलले १५ हजार ३ सय ६५ मत ल्याएका छन् ।
पौडेलभन्दा श्रेष्ठ ३ हजार ९ सय १२ मतले अघि छन् । यो ३५ हजार ९ सय २ मत गणनाको परिणाम हो । मतगणनाको शुरुवाती समयदेखि नै पौडेलमाथि श्रेष्ठ हावी हुँदै आएका छन् । कांग्रेसले आशा गरेको व्यास नगरपालिका क्षेत्रबाट नै पौडेलको पक्षमा आशा गरेअनुसार भोट आउन सकेको छैन ।
क्षेत्र नम्बर १ का अन्य स्थानीय तहहरुमा वाम गठबन्धनको प्रभाव छ । पार्टी सभापति शेरबहादुर देउवापछिका दोस्रो ठूलो नेता पौडेललाई यसपटक जीत निकाल्न कठिन देखिएको छ ।
यस्तै, तनहुँको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका जिल्ला अध्यक्षसमेत रहेका उम्मेदवार केदार सिग्देलले अग्रता बढाउँदै लगेका छन् । सिग्देलले १७ हजार ९ सय ४४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार शंकर भण्डारीले १४ हजार ८ सय ४ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७