ट्रोलले वर्षा झनै उत्साहित

काठमाडौं, २७ बैशाख । नायिका वर्षा शिवाकोटीको अहिले ट्रोल बनिरहेको छ । ‘वीर विक्रम २’ मा काम गर्नु अगाडिसम्म वर्षाको बजारमा, सामाजिक सञ्जालमा खासै चर्चा हुन्थेन ।
यसपटक उनको शैली परिवर्तन भएपछि उनी छाएकी छिन् । चलचित्रले कस्तो व्यापार गर्ला, वर्षाको अभिनयले कस्तो तारिफ पाउँला त्यो त चलचित्र रिलिज भएपछिको कुरा भयो । तर, वर्षा अहिले चर्चामा आउने शैली अपनाइरहेकी छिन् ।
अहिले वर्षाको पहिरन हेर्दा एकदमै भिन्न खालका छन् । पहिरनकै कारणबाट पनि चर्चा होस् भन्ने वुझाइमा छिन् । उनको पहिरनलाई लिएर थुप्रै खालका ट्रोल बने पनि उनले त्यस्ता पहिरन लगाउन भने छाडेकी छैनन् । कतिपय अवस्थामा कलाकार ट्रोल बन्दा डराउँछन् । तर, वर्षा भने ट्रोलका कारण उत्साहित बनेकि छन् ।
अभिनय, चलचित्रको व्यापार आदिका कारण पनि कलाकारले चर्चा पाउँछन् । तर, चर्चामा आउनका लागि वर्षाले अपनाएको यो शैलि पनि अरुले सिको गर्ने खालको छ । जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘वीर विक्रम २’ बाट चलचित्र क्षेत्रमा जम्ने सोच वर्षाको छ ।