कंगनाका कारण ऋतिक तनावमा


२७ बैशाख २०७६, शुक्रबार
Kangana Hritik

काठमाडौं, २७ बैशाख । बलिउड नायक ऋतिक रोशन र नायिका कंगना रनौतबीचको भिडन्त फेरि एक पटक टरेको छ । नायक ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ जुलाई २६ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, यहि मितिमा नै नायिका कंगना रनौतको चलचित्र ‘मेन्टल हे क्या’ ले समेत प्रदर्शन मिति तोकेपछि ऋतिक तनावमा आएका थिए ।

ऋतिकसँग चलचित्र जुध्ने भएपछि विशेषगरी सामाजिक तल्लोस्तरका शब्द प्रयोग गरिएका गाली गलौज सुन्न थालिएको थियो । यही कुरालाई मध्यनजर राख्दै ऋतिकले यो मितिमा चलचित्र रिलिज नगर्ने घोषणा गरेका छन् । ऋतिकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘मेरो चलचित्र रिलिजका लागि तयार छ । तर, यो भिडन्तमा देखिएको मानसिक र निजी तनावबाट बच्नका लागि म मेरा निर्माता–निर्देशकलाई चलचित्रको रिलिज डेट पछि सार्न आग्रह गर्दछु ।’

ऋतिकले घुमाउरो शैलीमा विगत केही समयदेखि कंगनाको कारणले गर्दा आफूले अनावश्यक तनाव झेलिरहेको र त्यसले मानसिक रुपमा समेत तनाव भएको उल्लेख गरेका छन् । ऋतिकको यो चलचित्र जनवरी २५ रिलिज गर्ने तयारी गरिएको थियो । तर, सो समयमा पनि कंगनाको चलचित्र ‘मनिकर्णिका’ का कारण उनी जुलाइमा सरेका थिए । तर, यसपटक पनि कंगनाका कारण हुने मानसिक तनावबाट बच्नका लागि उनले चलचित्रको रिलिज डेट सारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७