एआइजीको दरबन्दी थप्ने चलखेल


२७ बैशाख २०७६, शुक्रबार
Digp kedar rijal 1

काठमाडौं, २७ बैशाख । नेपाल प्रहरीमा पुनः एआइजीको दरबन्दी थप्ने खेल सुरु भएको छ । डीआइजी मनोज न्यौपाने र सुरेशविक्रम शाह एआइजीको दरबन्दी थपका लागि शक्तिकेन्द्रमा दौडधुप गरिरहेका छन् । न्यौपाने नेकपामा विशेष गरी पूर्वएमाले नेताहरुमार्फत् लबिङमा छन् । सुरेशविक्रम शाह नेकपाका पूर्वमाओवादी केन्द्रका नेता जनार्दन शर्माको भिटो प्रयोग गरिरहेका छन् । शर्मामार्फत् नेकपाका अध्यक्ष पुष्पकमल दाहालसम्म उनी पुगिसकेका छन् ।

न्यौपाने तेस्रो नम्बरमा भएर पनि यसअघिको एआइजी बढुवामा परेका थिएनन् । पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत एआइजी बढुवा हुँदा उनीहरुकै ब्याचका न्यौपाने र शाह छुटेका थिए ।

पूववर्ती देउवा सरकारले नेपाल प्रहरीमा एआइजीको दरबन्दी थपेर १५ पु¥याएको थियो । केपी ओली प्रधानमन्त्री भएपछि एआइजीको दरबन्दी कटौती गरि ३ मा कायम गरिएको थियो । नेपाला प्रहरीमा हाल अस्पतालसमेतमा गरी ४ एआइजीको दरबन्दी छ । न्यौपाने र साहले थप दुई दरबन्दी थपी बढुवा हुन पहल गरिरहेका छन् । उनीहरुको पहलमा आइजीपी सर्वेन्द्र खनाल पनि सकारात्मक रहेको बताइन्छ ।

एआइजीका २ वटा विशेष दरबन्दी सृजना गरी न्यौपाने र साह बढुवा हुने चलखेलमा लागेपछि १ नम्बर प्रदेशका डीआइजी केदार रिजााल पनि अर्को १ दरबन्दी यसै मेसोमा थपी बढुवा हुने चक्करमा लागेका छन् । रिजाल एआइजी बढुवा भएर प्रहरीमा ३० बर्षे सेवावधिको प्रावधान हटाई आइजीपी हुन चाँजोपाँजो मिलाउन १ नम्बरबाट प्रहरी मुख्यालयमा सरुवा हुन चाहिरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७