२०७६ बैसाख २८ गते शनिबारको तपाईको राशिफल


२८ बैशाख २०७६, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । जागिर प्रति रुचि बढ्ने छ । रोकिएका काम पुनः शुरु हुन सक्छन् । साथीभाइसँग रमाइलो जमघट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फजुल खर्चले चिन्ता बढाउने छ । सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ । सन्तान पक्षबाट सुख मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्ने छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ । धार्मिक कार्यमा मन जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सामाजिक कार्यमा सरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष यज्ञादी तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ । स्वास्थ्यमा सुधार आउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । रमाइलो यात्राको योग रहेको छ । वौद्धिक क्षमताको पनि विकास हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । सोचेको काम पूरा नहुँदा मनमा दिक्दारी बढ्ला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउने छ । मंगल कार्यको योग छ । भूमिमा गरेको लगानीले विवादमा पर्न सकिने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्ने छ । वौद्धिक भ्रमणमा सरिक भइएला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७