खोटाङको प्रदेश (क)मा एमालेका राजन राई विजयी


२३ मंसिर २०७४, शनिबार
rajan rai

खोटाङ:  जिल्लाको प्रदेशसभा क्षेत्र नं (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का राजन राई  विजयी भएका छन् । उनले १८ हजार ९३३ मत ल्याएर विजयी भएका हुन् ।

rajan rai उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका सुवासकुमार पोखरेलले १३ हजार ४११ मत ल्याए ।
२०३९ सालदेखि अनेरास्ववियु पाँचौंबाट राजनीतिक यात्रा सुरु गरेका राई हाल एमाले वैकल्पिक केन्द्रीय सदस्य हुन् । विद्यार्थी आन्दोलनका योद्धा राई यसअघि एमाले खोटाङका सचिव थिए ।२०२८ साल कात्तिक २५ गते खोटाङ, केपिलासगढी गाउँपालिका–३ बास्पानीमा जन्मिएका राईले काठमाडौंको आरआर क्याम्पसबाट स्नातकसम्मको अध्ययन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७