हत्या गरेको ९ वर्षपछि ललितपुरका मोक्तान पक्राउ


२९ बैशाख २०७६, आईतवार
indra mokta

काठमाडौं, २९ बैसाख । प्रहरीले हत्या गरी फरार रहेका एक व्यक्तिलाई ९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने वर्ष ३८ को इन्द्रबहादुर मोक्तान रहेका छन् ।

२०६७ असार १ गते काभ्रे गोकुलेका दीर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मोक्तानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

आर्थिक लेनदेनको कारण गोलेको हत्या गरी फरार रहेका मोक्तानलाई वैशाख २७ गते ललितपुरको सानेपाबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसपी) सुदीप गिरिले जानकारी दिएका छन् ।

पक्राउ परेका मोक्तानलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे, धुलिखेल पठाइएको एसपी गिरीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७