यसरी गरिने छ नयाँ शिक्षक नियुक्ति, चाँडै आयोगले विज्ञापन खुलाउने


२९ बैशाख २०७६, आईतवार
TEACHER 875

झापा, २९ बैसाख । स्थानीय निकायले आफै शिक्षक नियुक्ति र सरुवा गरिरहेका बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षक नियुक्ति शिक्षक सेवा आयोगबाटै हुने बताएका छन् ।

शिक्षामन्त्री पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक सेवा आयोगले नै नयाँ शिक्षक भर्ना गर्ने जानकारी गराएका हुन् ।

giriraj

आइतबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले गुणात्मक शिक्षाका लागि शिक्षक दरबन्दी अपुग भएको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको जानकारी दिएका छन् । मन्त्री पोखरेलले नयाँ शिक्षक भर्नाका लागि आयोगले विज्ञापन गर्ने पनि जानकारी दिएका छन् ।

कतिपय स्थानीय तहले आफैं नयाँ शिक्षक नियुक्ति र सरुवा गरिरहेको सन्दर्भमा उनले शिक्षक सेवा आयोगको बाटो बाहेक अन्य तरिकाबाट शिक्षक नियुक्ति गर्दा व्यवस्थापन असहज हुने तर्क गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७