‘होस्टेल ब्याक अगेन’


२९ बैशाख २०७६, आईतवार
hostel back again 123 1

काठमाडौं, २९ बैशाख । नेपालमा अहिले चलचित्रको सिरिज बनाउने क्रम बढेको छ । यसैक्रममा, ‘होस्टेल र होस्टेल रिटन्र्स’ पछि यसको तेश्रो सिरिज बन्ने भएको छ । तेश्रो सिरिजको नाम ‘होस्टेल ब्याक अगेन’ राखिएको छ । दुर्गेस फिल्मस् र काफिया फिल्मसले यो चलचित्रको निर्माण गर्दैछ । यो चलचित्रको छायांकन अमेरिकामा गरिने बताइएको छ ।

यो चलचित्रका लागि केही कलाकार नेपालबाट अमेरिका पुग्नेछन्, भने धेरै कलाकार अमेरिकामा अडिसनबाट छानिने छ ।

चलचित्रलाई सुनिल रावलले निर्देशन गर्ने भएका छन् । हरेक देशबाट अमेरिका अध्ययनका लागि गएका र होस्टेलमा बसेका युवा युवतीहरुको कथालाई यो चलचित्रले प्रस्तुत गर्नेछ । रायन राइजको पटकथा तथा संवाद रहेको चलचित्रमा सुनिलको कथा छ । अगष्ट महिनाबाट यो चलचित्रको छायांकन शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७