‘कसरी भनुँ’ मा विश्व र नमिता (भिडियोसहित)


२९ बैशाख २०७६, आईतवार

काठमाडौं, २९ बैशाख । मोडलद्धय विश्व शर्मा र नमिता भुषाल फिचर्ड नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक आर.के खत्रीको शब्द, संगीत र स्वरमा सजिएको ‘कसरी भनुँ’ बोलको गीतलाई रिकेश गुरुङले ऐरेन्ज गरेका हुन् । एउटा प्रेमीले व्यक्त गर्न नसकेको प्रेमको भाव समेटिएको पे्रमिल गीत निकै सुमधुर बनेको छ ।

विकि पुलामीको निर्देशन रहेको गीतको भिडियोमा कुन्चोक शेर्पाको छायांकन र सतिज श्रेष्ठको सम्पादन रहेको छ । म्यूजिक भिडियोको आधा भन्दा बढि छायांकन अमेरिकामा गरिएको हो । अमेरिकामा बसोबास गर्दै आएका विश्व र नमिताले यसअघि पनि थुप्रै गीतहरुमा एकसाथ काम गरिसकेका छन् ।

हेर्नुुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७